लेख विवरण

भारत जानका लागि पिसिबीले पाकिस्तान सरकारसँग माग्यो अनुमति

भारत जानका लागि पिसिबीले पाकिस्तान सरकारसँग माग्यो अनुमति

काठमाडौंँ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र विदेश मन्त्रालयलाई पत्र लेख्दै एकदिवसीय विश्वकपका लागि भारत जाने अनुमति मागेको छ । एकदिवसीय विश्वकप अगामी अक्टोबर-नोभेम्बरमा भारतमा आयोजना हुँदैछ। पत्रमा सोधिएको छ, हामीलाई भारत जान अनुमति छ ? यदि छ भने पाकिस्तान सरकारको तर्फबाट सुरक्षा जाँचका लागि एक टोली भारत पठाइयोस ।

जुन २६ मा पीसीबीले पाकिस्तान सरकारलाई यो पत्र लेखेको थियो । किनभने भारत जानका लागि सरकारको अनुमति आवश्यक छ । पिसिबीले सरकारलाई कुनै समयसीमा नदिए पनि सरकारको अनुमतिबिना पाकिस्तानी टोली भारत भ्रमणमा जान पाउने छैन । पिसिबीले पाकिस्तानका विभिन्न पाँच शहरमा लिग चरणका नौ खेल हुने एकदिवसीय विश्वकपको तालिका पनि सरकारलाई उपलब्ध गराएको छ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुने तय भएको छ ।

वर्तमान पाकिस्तान सरकारको कार्यकाल यसै वर्षको अगष्टमा सकिँदैछ अर्थात् भारत भ्रमण गर्ने कि नगर्ने भन्ने कुरा पूर्णरुपमा नयाँ सरकारको हातमा हुनेछ । वर्तमान सरकारले यस विषयमा अहिले नै कुनै आधिकारिक घोषणा वा निर्णय गर्न नचाहेको विश्वास गरिएको छ । सन् २०१६ को टी–२० विश्वकपमा पिसिबीले भारत आउन सरकारबाट अनुमति पाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.