सूर्योदय एसइइ खुला बास्केटबल भोलिदेखि
काठमाडौंँ । सूर्योदय माविको आयोजनामा चौथो सूर्योदय एसइइ खुला बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गर्ल्समा १२ टिमको सहभागिता रहने सूर्योदयका अतिरिक्त कृयाकलाप संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
ब्वाइजमा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । गर्ल्सको विजेतालाई १० हजार तथा उपविजेतालाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको कोर्टमा खेलाइने छ ।



टिप्पणी लेख्नुहोस्