टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि चार लाख संकलन
काठमाडौंँ । टेबलटेनिस खेलाडी सेलिशा खड्गीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताबाट ४ लाख रुपैयाँ संकलन भएको छ ।
प्रतियोगिता आयोजक अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले हालसम्म ४ लाख रुपैयाँ संकलन भएको जनाएका छन् । क्यान्सर पीडित सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो ।
विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिता असार १४ देखि १६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको थियो ।

टिप्पणी लेख्नुहोस्