राष्ट्रिय च्याम्पियन प्रिन्स प्रफुलसँग पराजित
काठमाडौं । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन् ।
निकै संघर्षपूर्ण खेलमा बिश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाइ महर्जनले २१–१९, २१–२३, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन । प्रफुल्लको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो उपाधि हो ।
यस्तै महिला एकलतर्फ आर्मीकी अनुमाया राईलाई पराजित गर्दै आर्मीकै रसिला महर्जन पहिलो भइन् । अनुमायाले २१–१८, २१–१६ ले जित निकालेकी हुन् ।
कस्तुरी कलेजकी सिमा राजबंशी र आर्मीकी अमिता गिरी तेस्रो भए । पुरुष र महिला एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठ लगातयले पुरस्कार प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्