लेख विवरण

एसिसी यु १६ क्रिकेट : सिङापुरलाई हराउदै नेपाल फाइनलमा

एसिसी यु १६ क्रिकेट : सिङापुरलाई हराउदै नेपाल फाइनलमा

मलेसिया । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ मा नेपाल फाइनल प्रवेश गरेको छ । मलेसियाको बाँगीमा भएको सेमिफाइनल खेलमा सिङापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य पछ्याएको सिङापुर ३१.३ ओभरमा ८७ रन बनाउनदै अलआउट भयो । नेपाली बलरका सामु सिङापुरका ३ खेलाडी बाहेक अन्यले दोहरो अंकमा रन बनाउन सकेनन् । नेपालको जितमा कार्तिक कामतले २.३ ओभरमा एक मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । अभिषेख तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक एक विकेट लिए ।

यसअघि ब्याटिङमा नेपालका लागि ओपनरद्धय सुर्यांशु कोइराला र निरज कुमार यादवले क्रमशः ४३ र ४२ रनको योगदान दिए । कप्तान अभिषेक तिवारीले २५ रन बनाए । त्यस्तै सन्तोष यादव (१८), प्रतिक भट्टराईले (१२) र कार्तिक कामतले (१०) रन बनाए । दिपु कुमार (१२) र प्रतिक पोखरेल (३) रनमा अविजित रहे । खेलको प्लेयर अफ द म्याच नेपालका कार्तिक कामत भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.