लेख विवरण

एकदिवसीय विश्वकप छनोट : नेपालको पहिलो विकेट खस्यो

एकदिवसीय विश्वकप छनोट : नेपालको पहिलो विकेट खस्यो

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेलमा मंगलबार नेपालले पहिलो विकेट गुमाएको छ । आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले २७ रनमै पहिलो विकेट गुमाएको हो ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ८ रनमा आउट भएका हुन् । उनको विकेट क्रेग यंगले लिए ।

नेपालका लागि तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल ब्याटिङ गर्न आएका छन् । लिग चरणको खेलहरुमा टोलीमा पर्न असफल भएका मल्लले प्लेअफको दुबै खेलमा मौका पाएका छन् ।

प्लेअफको पहिलो खेलमा युएइविरुद्ध ज्ञानेन्द्र १३ रन बनाएर आउट भएका थिए । 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.