आयरल्यान्डविरुद्ध नेपालको दोस्रो विकेट खस्यो
काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेलमा मंगलबार नेपालले आयरल्यान्डविरुद्ध दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । मल्लको विकेट क्रेग यंगले लिए । यंगले ज्ञानेन्दलाई ७ रनमा विकेटकिपर लोर्कन जोन टकरद्वारा क्याच गराए ।
त्यसअघि नेपालको पहिलो विकेटका रुपमा कुशल भुर्तेल पेभेलियन फर्किएका थिए । उनको विकेट आयरल्यान्डका बलर क्रेग यंगलेनै लिएका हुन् । भुर्तेल ८ रनमै विकेट किपरको हातबाट क्याच आउट भए । पहिलो विकेट खस्दा नेपाल ८.१ ओभरमा २७ रन बनाएको थियो । नेपालले खेलमा टस हारेर ब्याटिङ गरि रहेको छ । टोलीका लागि चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आएका छन् ।

टिप्पणी लेख्नुहोस्