लेख विवरण

आयरल्यान्डविरुद्ध नेपालको तेस्रो विकेट खस्यो

आयरल्यान्डविरुद्ध नेपालको तेस्रो विकेट खस्यो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा मंगलबार नेपालले आयरल्यान्डविरुद्ध तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनको विकेट कर्टिस क्याम्फरले लिए । क्याम्फरले रोहितलाई २९ रनमा विकेटकिपर लोर्कन जोन टकरद्वारा क्याच गराए । ३५ बलको बलको समाना गरेका रोहितले २ चौंका र १ छक्का प्रहार गरेका थिए ।

त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । मल्लको विकेट क्रेग यंगले लिएका थिए । यंगले मल्ललाई ७ रनमा विकेटकिपर लोर्कन जोन टकरद्वारा क्याच गराएका थिए । दोस्रो विकेट खस्दा नेपालले १२.३ ओभरमा ४४ रन बनाएको थियो ।

त्यसअघि नेपालको पहिलो विकेटका रुपमा कुशल भुर्तेल पेभेलियन फर्किएका थिए । उनको विकेट आयरल्यान्डका बलर क्रेग यंगलेनै लिएका थिए । भुर्तेल ८ रनमा विकेटकिपर लोर्कन जोन टकरबाट क्याच आउट भएका थिए । पहिलो विकेट खस्दा नेपालले ८.१ ओभरमा २७ रन बनाएको थियो । जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.