गुलशनको अर्धसतकमा नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो ।
नेपालका लागि ९ औं नम्बरमा ब्याटिङ गर्न आएका गुलशन झाले अर्धसतक प्रहार गरे । ४२ बलको सामना गरेका गुलशनले ४ चौंका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । ओपनर अर्जुन साउदले ४८ रन बनाए । आक्रमक ब्याटिङ गरेका कुशल मल्लले ३८ बलमा ४४ रन बनाए । उनले ५ चौंका र २ छक्का प्रहार गरे ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । उनले ३ चौंका १ छक्का प्रहार गरे । टोलीका लागि कप्तान रोहित पौंडेल (२९) र भिम सार्कीले (२०) रन बनाए । बलिङमा आयरल्यान्डका लागि मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग यंगले २-२ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकब्राइनले १-१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्