आयरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता, किशोरले लिए विकेट
काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । नेपालका लागि किशोर महतोले दोस्रो विकेट लिएका छन् । उनले आयरल्यान्डका कप्तान एन्डी बालबर्नीलाई दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए । बालबर्नी १ रन बनाएर आउट भए ।
योसँगै किशोरले आफ्नो एकदिवसीय करियरको पहिलो विकेट लिएका छ । आयरल्यान्डसँगको खेल उनको दोस्रो एकदिवसीय हो ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिएका लिए । करणले आयरल्यान्डका ओपनर एन्डी म्याकब्राइनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।

टिप्पणी लेख्नुहोस्