लेख विवरण

नेपाललाई चौंथो सफलता, करणले लिए विकेट

नेपाललाई चौंथो सफलता, करणले लिए विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध नेपालले चौंथो सफलता प्राप्त गरेको छ । नेपालका करण केसीले चौंथो विकेट लिएका छन् । जारी खेलमा उनको यो दोस्रो व्यक्तिगत विकेट हो । करणले आयरल्यान्डका विकेट किपर लोर्कन टकरलाई एलबीडब्लु धरापमा पारे ।

यसअघि नेपालका लागि किशोर महतोे र गुलशन झाले १-१ विकेट लिएका छन् ।

नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो ।

नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २/२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए । आयरल्याण्ड अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.