लेख विवरण

विश्वकपको दौडबाट बाहिरिएपछि ड्रेसिङ रुममा रोए सिकन्दर रजा

विश्वकपको दौडबाट बाहिरिएपछि ड्रेसिङ रुममा रोए सिकन्दर रजा

काठमाडौंँ । विश्वकप छनोट खेलमा स्कटल्याण्डले जिम्बावेलाई ३१ रनले पराजित गरेको छ । योसँगै जिम्बावेको सन् २०२३ एकदिवसीय विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । हारपछि सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजा ड्रेसिङ रुममा रोइरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा रजाको तस्बिर निकै भाइरल भइरहेको छ । यस बाहेक सामाजिक संजाल प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् । जारी प्रतियोगितामा सिकन्दर रजाले शानदार खेल प्रस्तुत गरेका थिए। ब्याटिङका अलावा बलिङमा पनि उनले आफ्नो प्रदर्शन देखाएपनि उनको टोली विश्वकपमा छनोट हुन सकेन । त्यस्तै स्कटल्याण्डविरुद्धको खेलमा सिकन्दर रजाले ४० बलमा ३४ रन बनाएका थिए । उनले आफ्नो पारीमा २ चौका र १ छक्का प्रहार गरेका थिइ । तर उनको टोलीले जित हात पार्न सकेन ।

जिम्बाब्वेलाई जितका लागि २३५ रनको लक्ष्य थियो तर सिन विलियम्सको टोली ४१.१ ओभरमा मात्र २०३ रनमा सिमित भयो । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४८ रन बनाए । यसबाहेक म्याथ्यु क्रस र ब्रेन्डन म्याकुलमले क्रमशः ३८ र ४३ रनको योगदान दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.