लेख विवरण

नेपाल आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै

नेपाल आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ अन्तर्गत आफ्नो दोस्रो खेलमा आज आयरल्यान्डको समाना गर्दैछ ।

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।

सुपर सिक्सबाट बाहिरिएको नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डढ्स र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए ।
नेपाल चौथो र अमेरिका पाँचौँ बन्दै प्लेअफमा पुगेको हो । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । यस समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौँ बन्दै प्लेअफमा पुगेको हो ।

नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।

यस्तै सुपर सिक्स पुगेका प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

आयरल्यान्डविरुद्ध नेपाल-११ : अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.