टोखाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो ।
साथै नगरपालिकाले नगरपालिकाभित्रका उपयुक्त स्थानमा एक वडा, एक पार्क, एक वडा एक शौचालय, एक वडा एक खुला व्यायमशाला निर्माणका लागि रु एक करोड विनियोजन गरेको जनाएको छ ।
नगरपालिकाले आगामी आवका शिक्षा युवा तथा खेलकुद शाखालाई रु तीन करोड ५० लाख विनियोजन गरिएको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्