लेख विवरण

एकदिवसीय विश्वकप छनोट : श्रीलंकापछि अब भारतको टिकट कसले पाउला ?

एकदिवसीय विश्वकप छनोट : श्रीलंकापछि अब भारतको टिकट कसले पाउला ?

काठमाडौंँ । अक्टोबर ५ देखी भारतमा सुरु हुने आईसीसी एकदिवसीय विश्वकपका लागि आठ टोली सिधै छनोट भइ सकेका छन् । बाँकी २ स्थानका लागि जिम्बावेमा एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता जारी छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको श्रीलंकाली टोलीले यसअघि नै एकदिवसीय विश्वकपका लागि आफ्नो स्थान पक्का गरिसकेको छ । अब बाँकी १ स्थानका लागि स्कटल्याण्ड र नेदरल्याण्ड्सको टोलीबीच भिडन्त हुने भएको छ ।

एकदिवसीय विश्वकप छनोटमा कुल १० टोलीले भाग लिएका थिए। जसमा ६ टोली सुपर सिक्समा पुग्न सफल भएका छन् । ओमान र वेस्ट इन्डिज सुपर सिक्सबाट यसअघि नै बाहिरिसकेका छन् भने स्कटल्याण्डसँग ३१ रनले पराजित भएपछि जिम्बाब्वेको पनि एकदिवसीय विश्वकप खेल्ने सपना चकनाचुर भयो ।

बाँकी १ स्थानका लागि अब स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल जुलाई ६ मा हुनेछ । स्कटल्यान्डलाई एकदिवसीय विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ ।

नेदरल्यान्ड्सको टोलीका लागि छनोटको बाटो अलि कठीन छ । उसले स्कटल्याण्डविरुद्धको खेल जित्नु मात्र होइन, पहिले ब्याटिङ गरेपछि कम्तीमा ३२ रनको अन्तरले जित निकाल्नुपर्ने हुन्छ । लक्ष्य पछ्याउने क्रममा टिमले ४४.१ ओभरमा जित हात पार्नुपर्नेछ । यदि नेदरल्याण्ड्सको टिम ले यसो गर्न सफल भयो भने अंकको हिसाबले स्कटल्याण्ड र जिम्बावेसँग बराबरीमा आउनेछ । र नेट रनरेटले टोलीलाई सीधै दोस्रो स्थानमा पु¥याउनेछ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.