लेख विवरण

कोरिया ओपनमा डिगम्बरलाई स्वर्ण

कोरिया ओपनमा डिगम्बरलाई स्वर्ण

काठमाडौंँ । डिगम्बरप्रसाद पन्तले १५ औं कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । उनले पुरुष ७५ केजीमुनि स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १२–१३ वर्ष उमेरसमूहमा आर्यन रन्जित तथा पुरुष ६० केजीमुनि यमबहादुर समलले पनि स्वर्ण जितेको प्रशिक्षक रन्जितले जानकारी गराए । पुरुष ७५ केजीमुनि आशिष धिमालले कांस्य जिते ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.