लेख विवरण

यशस्वी र तिलक पहिलो पटक टी–२० टोलीमा

यशस्वी र तिलक पहिलो पटक टी–२० टोलीमा

काठमाडौंँ । आइपिएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका यशस्वी जयसवाल र तिलक वर्मा पहिलो पटक भारतको टी–२० राष्ट्रिय टोलीमा परेका छन् । वेस्ट इन्डिजविरुद्ध अगस्ट ३ देखि सुरु हुने पाँच खेलको टी–२० सिरिजका लागि उनीहरुलाई छनोट गरिएको छ । दुवै बायाँ हाते ब्याट्सम्यान हुन ।

क्यारेबियन र अमेरिकामा हुने सिरिजमा हार्दिक पाण्ड्या टोलीको कप्तान हुनेछन् भने सूर्यकुमार यादवलाई उपकप्तान बनाइएको छ । रोहित शर्मा र विराट कोहलीले सन् २०२२ को टी–२० विश्वकपपछि कुनै पनि टी–२० खेल खेलेका छैनन् ।

वेस्ट इन्डिजविरुद्ध भारतीय टोली : इशान किशन (विकेटकीपर), शुभमन गिल, यशस्वी जयसवाल, तिलक वर्मा, सूर्यकुमार यादव (उपकप्तान), संजू सैमसन (विकेटकीपर), हार्दिक पांड्या (कप्तान) , अक्षर पटेल, युजवेंद्र चहल, कुलदीप यादव, रवि बिश्नोई, अर्शदीप सिंह, उमर मलिक, आवेश खान र मुकेश कुमार।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.