लेख विवरण

पिएसजीका गोलकिपर रिकोकोे स्वास्थ्यमा क्रमिक सुधार

पिएसजीका गोलकिपर रिकोकोे स्वास्थ्यमा क्रमिक सुधार

बार्सिलोना । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा (आइसीयू) मा उपचाररत पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परि अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ्रान्सको सेभिलस्थित भर्जेन डेल रोसियो अस्पतालमा उपचार जारी रहेको छ ।

“सर्जियो रिकोलाई अहिले सघन कक्ष (आईसीयू)बाट सामान्य वार्डमा सारिएको छ जहाँ उहाँ पाँच हप्तासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सेवा लिइरहनुभएको थियो । उहाँलाई विशेषज्ञहरूको सघन निगरानी टोलीले हेरचाह गरेको थियो,” अस्पतालले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख छ । “आजदेखि उहाँलाई वार्डमा भर्ना गरिएको छ । उहाँले अस्पतालको विशेषज्ञहरूको अर्को टोलीबाट चिकित्सा र नर्सिङ हेरचाह प्राप्त गर्नुहुनेछ ।

रिको कोमामा थिए तर अस्पताल स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार उनी केही दिनअघि होशमा आएका हुन् । र अहिले कुराकानी गर्न सक्षम भएका छन ।

रिकोले आफ्नो गृहनगर क्लब सेभियाबाट दुई पटक युरोपा लिग जितेका थिए र सन् २०२० देखि लगातार पेरिस सेन्ट जर्मेनमा आवद्ध रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.