लेख विवरण

म्याक्सवेल र मार्शले 'द हन्ड्रेड' नखेल्ने

म्याक्सवेल र मार्शले 'द हन्ड्रेड' नखेल्ने

काठमाडौंँ । क्रिकेट अस्ट्रेलियाले इङ्ल्यान्डको 'द हन्ड्रेड' बाट आफ्ना खेलाडी ग्लेन म्याक्सवेल र मिचेल मार्शको नाम फिर्ता लिने निर्णय गरेको छ । अर्थात् ग्लेन म्याक्सवेल र मिचेल मार्शद 'द हन्ड्रेड' मा देखिने छैनन् ।

अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर मिचेल मार्श 'द हन्ड्रेड' मा लण्डन स्पिरिट टोलीमा छन् । म्याक्सवेल र मार्शलाई लण्डन स्पिरिटले १.३१ करोडमा आफ्नो टिममा समावेश गरेको थियो ।

अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपलाई मध्यनजर गर्दै क्रिकेट अस्ट्रेलियाले आफ्ना दुवै खेलाडीलाई वर्कलोड कम गर्न भनेको थियो । यद्यपि दुवै खेलाडीले क्रिकेट अस्ट्रेलियाको अनुरोध स्वीकारेका छन् । दुवैले 'द हन्ड्रेड' प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.