लेख विवरण

कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि

कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि

काठमाडौंँ । साफ च्याम्पियनसिपको फाइनलमा भारतले कुवेतलाई पराजित गरेको छ । खेलमा भारतले ५–४ को जित दर्ता गरेको हो । यो सँगै भारतले ९ औं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

खेलको १६ औं मिनेटमा कुवेतले अल्काल्डीको गोलमा १–० को अग्रता लिएको थियो । त्यसलगत्तै १७ औं मिनेटमा भारतीय टोलीले गोल गर्ने मौका गुमाएको थियो । ३९ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरे । यसरी भारतीय टोलीले खेलमा बराबरी गर्यो । त्यसपछि दुबै टोलीको तर्फबाट कुनैपनि गोल नभएपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । तर अतिरिक्त समयमा पनि दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा भारतीय टोलीले कुवेतलाई ५–४ ले हरायो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.