लेख विवरण

नेपाल सम्मिलित एसिसी इमर्जिङ एसिया कपका लागि भारतीय टोली घोषणा

नेपाल सम्मिलित एसिसी इमर्जिङ एसिया कपका लागि भारतीय टोली घोषणा

काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कप २०२३ प्रतियोगिताका लागि भारत–ए टोलीका खेलाडीको नाम घोषणा गरिएको छ । प्रतियोगिता जुलाई १३ देखि २३ सम्म आयोजना हुनेछ । यस पटकको इमर्जिङ एसिया कप श्रीलंकाले आयोजना गर्ने भएको छ । प्रतियोगिताका खेलहरू कोलम्बोमा हुनेछन्।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र ओमानका टोलीले खेल्नेछन् । प्रतियोगिताका खेलहरु एकदिवसीय ढाँचा अर्थात ५० ओभरको फरम्याटमा हुनेछ । फाइनल खेल २३ जुलाईमा हुनेछ ।

प्रतियोगितामा नेपालको रहेको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन । नेपालले आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल जुलाई १७ मा युएईविरुद्ध खेल्नेछ । नेपालले समुह चरणको अन्तिम खेल जुलाई १९ मा भारत ए विरुद्ध खेल्नेछ ।

इमर्जिङ एसिया कपका लागि यश धुललाई भारतको कप्तान बनाइएको छ । उपकप्तानमा अभिषेक शर्मा रहनेछन् । यसबाहेक प्रभसिमरन सिंह र ध्रुव जुरेलले विकेटकिपरमा स्थान पाएका छन् । बलरमा हर्षित राणा, आकाश सिंह, नितिश कुमार रेड्डी, राजवर्धन हंगेरगेकर रहेका छन् ।

इमर्जिङ एसिया कपका लागि भारतीय टोली : साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोस, प्रदोष रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभसिमरन सिंह (विकेट किपर), ध्रुव जुरेल (विकेट किपर), मानव सुथार, युवराज सिंह डोडिया, हर्षित राना, आकाश सिंह, नितिश कुमार रेड्डी र राजवर्धन हंगेरगेकर ।

इमर्जिङ एसिया कपका लागि पाकिस्तान, बङलादेश र अफगानीस्तानले यसअघिनै आआफ्नो टोली घोषणा गरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.