भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा नै सबैथोक होइन : मिकी आर्थर
काठमाडौंँ । भारत र पाकिस्तानबीच अक्टोबर १५ का दिन अहमदावादमा हुने एकदिवसीय विश्वकपको भिडन्त दुवै देशका फ्यानका लागि निकै महत्वपूर्ण हुनसक्छ । तर पाकिस्तानी टोलीका निर्देशक तथा मुख्य प्रशिक्षक मिकी आर्थरले क्रिकेट खेलको दृष्टिकोणबाट यो खेल खासै महत्वपूर्ण नहुने विश्वास व्यक्त गरेका छन् । आर्थरले भने, 'निस्सन्देह, यो खेल सबै कुरा होइन।' आर्थरले यो खेलको बारेमा भइरहेको 'हाइप' बुझेका छन्, तर उनको लागि यो अन्य कुनै पनि खेल जस्तै हो जसमा एकले जित्छ वा उसले दुई अंक गुमाउँछ।
आर्थरले युट्युब च्यानल 'क्रिकेट बज' लाई भने, 'मलाई लाग्दैन कि पाकिस्तान र भारतको प्रतिस्पर्धा नै सबैथोक हुनेछ।' उनले भने, 'फ्यानको दृष्टिकोणबाट दुई देशबीचको सम्बन्ध र भावनालाई एक बनाउन सक्छ। तर क्रिकेटको दृष्टिकोणबाट, मलाई लाग्छ यदि तपाइँ विश्वकप जित्न चाहनुहुन्छ भने, सबै टोलीहरू विरुद्ध राम्रो प्रदर्शन गर्नुपर्छ।'
आर्थरले भने, ‘भारत निकै राम्रो टोली हो र उनीहरुले घरेलु मैदानमा खेल्ने दबाबलाई कसरी सम्हाल्छन् भन्नेमा उनीहरुको प्रदर्शन भर पर्छ । पाकिस्तानी टोलीले दबाबलाई कसरी सम्हाल्छ भनेर भारतसँगको खेलको प्रतिक्षामा रहेको उनले बताए ।' उनले पाकिस्तानी टोली व्यवस्थापनले अफगानिस्तानविरुद्धको खेल चेन्नईबाट बेङ्गलुरुमा सार्न आफूलाई कुनै दबाब नदिएको बताए। आर्थरले भने, ‘हो, हामीले छलफल गरेका थियौं तर यो केवल छलफल थियो, अफगानिस्तानविरुद्ध चेन्नईमा नखेल्नेले हाम्रो सम्पूर्ण योजना खलबलिने होइन । कुनै पनि टोली अफगानिस्तानसँग अन्य स्थानमा खेल्न चाहन्छ।'

टिप्पणी लेख्नुहोस्