लेख विवरण

एनभिए कपका लागि गण्डकी प्रदेशको टोली घोषणा

एनभिए कपका लागि गण्डकी प्रदेशको टोली घोषणा

काठमाडौंँ । नेपाल भलिबल सङ्घको आयोजनमा शनिबारदेखि काठमाडौंमा सुरु हुने सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० प्रतियोगिताको लागि गण्डकी प्रदेशले टोली घोषणा गरेको छ ।

घोषणा गरिएको टोलीमा महिलाको नेतृत्व अरुणा शाहीले गर्नेछिन भने पुरुष टोलीको कमान खोम प्रसाद ‘हरि’ पाण्डेले सम्हाल्ने छन् । संघले महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी जम्मा २४ जना खेलाडीहरुको नाम घोषणा गरेको हो ।

संघले पुरुषतर्फको टिममा भने ३ जना भारतिय खेलाडीहरुलाई स्थान दिएको छ । यसै गरी टोलीको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जीवन भण्डारी र व्यवस्थापकमा कुन्जन शाही रहेका छन् ।

गण्डकी प्रदेशको टोली 

महिला टोली : अरुणा शाही (कप्तान), पवित्रा सिर्पाली, मनिषा तिलिजा, रेबिना घर्ती मगर, हिरा बुढा, सस्मिता पुन, सजिना बुढाथोकी, सोइङ थापा, लक्ष्मी राना, एलिशा रोका मगर, रोमा महतो र पुजा सेन ठकुरी ।

पुरुष टोली : खोम प्रसाद ‘हरि’ पाण्डे (कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, र जोशे इविन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.