एनभिए कपका लागि त्रिभुवन आर्मी क्लबको टोली घोषणा
काठमाडौंँ । नेपाल भलिबल सङ्घको आयोजनमा शनिबारदेखि काठमाडौंमा सुरु हुने सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० प्रतियोगिताको लागि त्रिभुवन आर्मी क्लबले टोली घोषणा गरेको छ ।
घोषणा गरिएको टोलीमा महिलाको नेतृत्व कृपा अधिकारीले गर्नेछिन भने पुरुष टोलीको कमान इश्वर थापाले सम्हाल्ने छन् । क्लबले महिलातर्फ १२ र पुरुषतर्फ १२ गरी जम्मा २४ जना खेलाडीहरुको नाम घोषणा गरेको हो ।
आर्मी क्लबको मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा, सहायक प्रशिक्षकमा भरत भण्डारी र व्यवस्थापकमा जितेन्द्र थापा रहेका छन् ।
असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने छ ।
पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । लिगका खेलहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुनेछ ।
त्रिभुवन आर्मी क्लबको टोली
पुरुष टोली : इश्वर थापा (कप्तान), धनबहादुर भट्ट (उपकप्तान), दुर्गा प्रसाद महतो, हरिहजुर थापा, हरि अधिकारी, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, दुर्गा बहादुर खड्का, शरण समरी क्षेत्री, हृदेयश प्रसाद चौधरी, धनपति कुँवर र मनिष मानन्धर ।
महिला टोली : कृपा अधिकारी (कप्तान), जानकी भण्डारी (उपकप्तान), सुनिता खड्का, सरस्वती जैशी, संगम महतो, पुष्पा शाही, सफिया पुन, शान्ति थारु, सृष्टि खड्गी, वसन्ती साउद, भावना डाँगी र सुनिता राई ।

टिप्पणी लेख्नुहोस्