लेख विवरण

एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप वितेजा टोलीलाई जनही ५० हजार पुरस्कार दिने क्यानको घोषणा

एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप वितेजा टोलीलाई जनही ५० हजार पुरस्कार दिने क्यानको घोषणा

काठमाडौंँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

विजेता टोलीका लागि बिहीवार आयोजना गरिएको सम्मान कार्यक्रममा क्यानले विजयी टोलीका प्रत्येक खेलाडी र पदाधिकारीलाई जनही ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले युवा क्रिकेटरहरुलाई उपलब्धिको लागि बधाई दिँदै आगामी दिनमा सफलताको कामना गरेका थिए ।

प्रतियोगिताको फाइनल खेलमा नेपालले मलेसियालाई दुई सय २१ रनले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले लगातार तेस्रो पटक उक्त उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१७ मा सिङ्गापुरलाई तथा सन् २०१९ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.