स्टेन वावरिन्का विम्बल्डनको तेस्रो चरणमा, नोभाक जोकोभिचसँग भिड्ने
काठमाडौंँ । तीन पटकको ग्राण्डस्लाम विजेता स्टेन वावरिन्का बिहीबार विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । उनले २९औँ वरियताका टोमस मार्टिन इचेभेरीलाई चार सेटमा पराजित गर्दै प्रतियोगिताको पुरुष सिंगल्स तर्फ तेस्रो चरणमा प्रवेश गरेका हुन । दोस्रो चरणको खेलमा ३८ वर्षीय स्टेनले टोमसलाई ६-३, ४-६, ६-४ र ६-२ ले पराजित गरे। विम्बल्डन बाहेक अन्य तीनवटै ग्रान्डस्लाम जितेका स्टेनलेले अब कीर्तिमानी आठौं विम्बल्डन उपाधि लागि २३ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा युएस ओपन २०२० को फाइनल खेलेका अलेक्जेन्डर ज्वेरेभले आफ्नो पहिलो राउण्डको भिडन्तमा नेदरल्याण्ड्सका क्वालिफायर गिज्स ब्राउवरलाई ६-४, ७-६(४) र ७-६(५) ले पराजित गरे । १९औं वरियतामा रहेका जर्मनीका ज्वेरेभ दोस्रो पटक विम्बल्डनको चौथो चरणमा प्रवेश गरेका छन् ।
महिला एकलतर्फ सोफिया केनिन र एलिना स्विटोलिना तेस्रो राउण्डमा पुगेका छन् । तेस्रो चरणमा यी दुई खेलाडी आमनेसामने हुनेछन् । स्विटोलिनाले दोस्रो राउण्डमा २८ औं वरियताकी एलिस मर्टेन्सलाई ६-१, १-६ र ६-१ ले हराएकी थिइन् भने सोफियाले चीनकी सिन्यु वाङलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरिन् ।

टिप्पणी लेख्नुहोस्