इंग्लिस पुरुष फुटबल क्लबको पहिलो महिला प्रशिक्षक बनिन् हाना
काठमाडौंँ । हाना डिङ्ले इंग्लिस पुरुष फुटबल क्लबको पहिलो महिला प्रशिक्षक बनेकी छिन् । इङ्ल्यान्डमा महिला फुटबलको लोकप्रियता बढ्दो छ तर महिलालाई व्यावसायिक पुरुष क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको भने यो पहिलो पटक हो । इङ्लिस फोर्थ डिभिजन क्लब फरेस्ट ग्रीन रोभर्सले आफ्नो टोलीको मुख्य प्रशिक्षकमा हाना डिङ्लेलाई नियुक्त गरेको छ ।
हाना पहिले सो क्लबको एकेडेमीको इन्चार्ज थिइन् । क्लबका प्रशिक्षक डंकन फर्गुसनको बिदाई पछि उनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको छ । फरेस्ट ग्रीनका अध्यक्ष डेल भिन्सले भने, ‘पुरुष फुटबलको कुरा हुन सक्छ तर हामीले योग्यताका आधारमा हानालाई नियुक्त गरेका छौं। हामी नयाँ सुरुवात गर्दैछौं र हाना अंग्रेजी फुटबलमा पहिलो महिला मुख्य प्रशिक्षक हुनेछिन्। आफ्नो करियरको नयाँ जिम्मेवारीलाई लिएर आफू निकै उत्साहित रहेको हानाले बताइन ।
इंग्ल्याण्ड महिला फुटबलमा युरोपेली च्याम्पियन हो र मे महिनामा भएको एफए कपको फाइनलले वेम्बली स्टेडियममा ७७ हजार भन्दा बढी दर्शकहरूलाई आकर्षित गरेको थियो।

टिप्पणी लेख्नुहोस्