लेख विवरण

ग्रान्डी र मनास्लु फाइनलमा

ग्रान्डी र मनास्लु फाइनलमा

काठमाडौंँ । ग्रान्डी र मनास्लु वर्ल्ड कलेज गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५–१४ तथा मनास्लुले भीएस ‘ए’ लाई २१–१० ले पराजित गर्यो । शुक्रबारै भएको सेमिफाइनलमा ग्रान्डीले जिपीएचएसलाई १६–९, युजेएले बलर्स एकेडेमीलाई १६–९, भीएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६–१४ तथा मनास्लुले टिम कुमारलाई १९–५ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

लर्ग्समा आईएसए नेपाल र बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ । दुवै समूहमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.