प्रधानमन्त्रीको आग्रहमा बंगलादेशका कप्तानले सन्यास फिर्ता लिए
काठमाडौंँ । बंगलादेशका एकदिवसीय कप्तान तमिम इकबालले एकै दिनमा सन्यासको निर्णय फिर्ता लिएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको आग्रहमा इकबालले सन्यासबाट फर्कने निर्णय गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार तमिमले शुक्रबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेका थिए। भेटमा उनीसँगै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजुमल हसन र टोलीका पूर्व कप्तान मशरफे मोर्तजा पनि थिए ।
अफगानिस्तानको टोली अहिले बंगलादेश भ्रमणमा छ । तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बंगलादेशले हार बेहोरेको थियो । हारपछि इकबालको आलोचना भइरहेको थियो । त्यसपछि इकबालले बिहीबार पत्रकार सम्मेलन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
थप समाचार :
Tamim Iqbal, the captain of Bangladesh, has decided to retire from international cricket

टिप्पणी लेख्नुहोस्