लेख विवरण

कोरिया ओपनका स्वर्ण विजेता रेगन र सुचित्रा सम्मानित

कोरिया ओपनका स्वर्ण विजेता रेगन र सुचित्रा सम्मानित

काठमाडौंँ । मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन् ।

दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन तथा महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण जितेका थिए । कोरिाया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित भए ।

सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासंघका सदस्य शशिकुमार तितुङले एक कार्यक्रमबीच सम्मान गरे । मेयर महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा मानसिंह डोजोका खेलाडीले पदक जितेर नगरको मात्र नभइ सिंगो देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै मानसिंह डोजोले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरे ।

सोही कार्यक्रममा मलेसियाको मेलाकामा जुलाइ २१–२३ तारिखसम्म हुने एकेएफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मिनबहादुर तामाङ र एलिना विकलाई पनि बिदाइ गरिएको थियो ।

थप समाचार :

कोरिया ओपनमा डिगम्बरलाई स्वर्ण

एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी

घोषणा गरेको १६ महिनापछि क्रिकेट खेलाडीले पाए पुरस्कार

टिप्पणी लेख्नुहोस्

Please Login to comment.