कोर्नवाल र वारिकन वेस्ट इन्डिजको टोलीमा फर्किए
काठमाडौंँ । भारतविरुद्धको पहिलो टेस्टका लागि वेस्ट इन्डिजले १३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा बायाँहाते ब्याट्सम्यान किर्क म्याकेन्जी पहिलो पटक छनोट भएका छन् । त्यस्तै, रहकीम कोर्नवाल र जोमेल वारिकन स्पिन विकल्पका रुपमा टोलीमा फर्किएका छन् । अनक्याप्ड अलिक अथान्जेले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । उनी दक्षिण अफ्रिका भ्रमणमा पनि वेस्ट इन्डिज टोलीका सदस्य थिए तर कुनै पनि खेल खेल्न पाएनन।
वेस्ट इन्डिजका छनोटकर्ताले विकेटकिपर ब्याट्सम्यान ताभिन इलाच र दायाँहाते तीव्र गतिका बलर अकिम जोर्डनलाई पहिलो टेस्टका लागि रिजर्व खेलाडीका रुपमा छनोट गरेको छ ।
तीव्र गतिका बलरको नेतृत्व शेनन ग्याब्रियल, अल्जारी जोसेफ, केमार रोच र जेसन होल्डरले गर्नेछन् । त्यस्तै, रेमन रिफर अलराउन्डरको भूमिकामा देखिनेछन् ।
वर्ल्ड टेस्ट च्याम्पियनसिपको नयाँ चक्रमा यो दुई देशबीचको पहिलो सिरिज हुनेछ । अघिल्लो च्याम्पियनसिपमा वेस्ट इन्डिजले १३ मध्ये ४ खेलमा मात्र जित हात पारेको थियो भने ९ टोलीको सिरिजमा आठौं स्थानमा रहेको थियो ।
सिरिजको पहिलो टेस्ट जुलाई १२ देखि १६ सम्म र दोस्रो जुलाई देखी सुरु हुनेछ । त्यसपछि दुई टोलीबीच तीन एकदिवसीय र पाँच टी–ट्वान्टी खेल हुनेछ ।
पहिलो टेस्टका लागि वेस्ट इन्डिजको टोलीः क्रेग ब्रेथवेट (कप्तान), जर्मेन ब्ल्याकवुड, एलिक अथांगे, तेजनारायण चन्द्रपाल, रहकीम कोर्नवाल, जोशुआ डा सिल्भा, शैनन ग्याब्रियल, जेसन होल्डर, अल्जारी जोसेफ, किर्क म्याकेन्जी, रेमन रिफर, केमार रोच र जोमेल वारिकन ।
रिजर्व खेलाडी : टेविन इमलाच र अकिम जोर्डन।
थप समाचार :
उजीरसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ
एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी
घोषणा गरेको १६ महिनापछि क्रिकेट खेलाडीले पाए पुरस्कार

टिप्पणी लेख्नुहोस्