लेख विवरण

अफगानिस्तानले बनायो इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारीको कीर्तिमान

अफगानिस्तानले बनायो इतिहासकै सबैभन्दा ठूलो ओपनिङ साझेदारीको कीर्तिमान

काठमाडौंँ । बंगलादेश र अफगानिस्तानबीच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगान टोलीका ओपनरहरुले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

टोलीका लागि रहमानुल्लाह गुरबाजले शतक प्रहार गर्दै (१४५) रन बनाए भने इब्राहिम जादरान पनि शतक (१००) पूरा गर्नेबित्तिकै पवेलियन फर्के ।

यी दुईले पहिलो विकेटका लागि २ सय ५६ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि एकदिवसीय क्रिकेटमा कुनै पनि विकेटका लागि यो सबैभन्दा ठूलो साझेदारी बनेको छ ।

खेलमा अफगानिस्तानको पहिलो विकेट ३७ औं ओभरको पहिलो बलमा खसेको थियो । १ सय २५ बलमा १ सय ४५ रन बनाएर गुरबाज पवेलियन फर्किएका थिए ।

यस क्रममा उनले १३ चौका र ८ छक्का प्रहार गरे । शाकिब अल हसनले उनलाई एलबीडब्लु आउट गरे ।

यसअघि मोहम्मद शहजाद र करिम सादिकले सन् २०१० अगस्ट १६ का दिन स्कटल्याण्डविरुद्ध दोस्रो विकेटका लागि २१८ रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानको कुनै पनि विकेटका लागि यो सर्वाधिक रनको साझेदारी थियो ।

 

थप समाचार :

प्रथम प्रेस युनियन फुटसल प्रतियोगिताको उपाधी इटहरी जेसिजलाई

विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन

सन्दीपा र शिशिरलाई कांस्य

मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.