लेख विवरण

भारतमा हाम्रो टोली चढे्को बसमा ढुंगा प्रहार भएको थियो : शाहिद अफ्रिदी (भिडीयो)

भारतमा हाम्रो टोली चढे्को बसमा ढुंगा प्रहार भएको थियो : शाहिद अफ्रिदी (भिडीयो)

काठमाडौंँ । पाकिस्तानी टिमका पूर्व कप्तान शाहिद अफ्रिदीले भारतमा पाकिस्तानी टोलीको बसमा ढुंगा प्रहार भएको बताएका छन् । अफ्रिदीले एक पत्रकार सम्मेलनमा बताए अनुसार उनको टोली सन् २००५ मा भारत भ्रमणको क्रममा बेङ्लोर टेस्ट जितेर होटल फर्कदा टोलीको बसमा ढुंगा प्रहार भएको थियो । भारत र पाकिस्तानले विगत १० वर्षदेखि कुनै द्विपक्षीय शृङ्खला खेलेको छैन, जसको सबैभन्दा ठूलो कारण दुई देशबीचको आपसी सम्बन्ध नै हो ।

सन् २००५ मा पाकिस्तानी टोली भारत भ्रमणमा आउँदा ३ टेस्ट र ६ एकदिवसीय खेलको सिरिज खेलेको थियो । जसमा टेस्ट सिरीज १–१ को बराबरीमा सकिएको थियो । र एकदिवसीय सिरिज पाकिस्तानले ४–२ ले जितेको थियो । बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको टेस्ट सिरिजको अन्तिम खेल पाकिस्तानले १६८ रनले जित हात पार्दै सिरिज बराबरीमा टुंग्याउन सफल भएको थियो ।

सो भ्रमणका बारेमा शाहिद अफ्रिदीले भनेका छन्, ‘हामीलाई त्यहाँ धेरै दबाब थियो । हामीले चौका र छक्का प्रहार गर्दा कसैले ताली बजाउँदैनथे । रज्जाकलाई याद छ, जब हामीले बेंगलुरुमा टेस्ट म्याच जित्यौं, हाम्रो टोलीको बसमा ढुङ्गा हानिएको थियो।'

पाकिस्तान विश्वकप खेल्न भारत आउने बारे अहिलेसम्म कुनै पुष्टि भएको छैन। यसबारेमा शाहिद अफ्रिदीले अगाडि भनेका छन्, ‘तिमीहरू भन्छौ कि पाकिस्तान विश्वकप खेल्न भारत जानु हुँदैन र यो विश्वकप बहिष्कार गर्नुपर्छ । तर यो कुरामा म सहमत छैन । मलाई लाग्छ हामी त्यहाँ गएर विश्वकप खेल्नुपर्छ र विजयी भएर फर्कनु पर्छ।'

भिडीयो :

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.