लेख विवरण

नेपाल भारत पुरुष तथा महिला बक्सिङ्ग मैत्री खेल सम्पन्न

नेपाल भारत पुरुष तथा महिला बक्सिङ्ग मैत्री खेल सम्पन्न

पोखरा । नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र भारत पन्जाबका खेलाडीहरुबीच एक दिवसीय मैत्रीखेल पोखरा रंगशालामा सम्पन्न भएको छ ।

आज सम्पन्न भएको १२ वटा तौल समुहका खेलहरुमा पुरुष ५१ किलो तर्फ नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई पराजित गरे । ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पन्जाबका विनय रौनियालाई पराजित गरे । ७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई पराजित गरे । ८० किलो तौल समुहमा दिपक श्रेष्ठले मुस्तफा हनितलाई पराजित गरे भने ९२ किलोमा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई पराजित गरे ।

महिला तर्फ ५० किलो तौल समुहमा शुष्मा तामाङले पन्जाबकी कोमल लाई पराजित गरिन् । ५४ किलोमा नेपालकी मिनु गुरुङले अरिवालाई पराजित गरिन् । महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले पन्जाबकी मनितलाई पराजित गरिन् । ६० किलो तर्फ पन्जाबकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई पराजित गरिन् । ६६ किलो तौलमा पन्जाबकी कोमल प्रीतले नेपालकी विनिता थापामगरलाई पराजित गरिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.