विराटले प्रहार गरे आफ्नो करियरको ७६औँ अन्तर्राष्ट्रिय शतक
काठमाडौंँ । भारत र वेस्ट इन्डिजबीच जारी टेष्ट सिरिजको दोस्रो खेल त्रिनिदादमा हुँदैछ । दोस्रो दिनको खेलमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाएका छन् । यो उनको अन्तर्राष्ट्रिय करियरको ७६ औं शतक हो। यसको सहयोगमा कोहलीले एक विशेष कीर्तिमान बनाएका छन् । उनी विदेशी भूमिमा सर्वाधिक शतक प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा दोस्रो नम्बरमा पुगेका छन् । अब उनी सचिन तेन्दुलकरभन्दा एक शतक मात्र पछाडि छन् । कोहलीले विदेशी भूमिमा २८ शतक बनाएका छन् । जबकि सचिनले २९ शतक बनाएका छन् ।
कोहलीले वेस्ट इन्डिज विरुद्ध सर्वाधिक शतक बनाउने मामिलामा एबी डिभिलियर्सलाई पछि पारेका छन् । यस मामिलामा उनी सुनील गावस्करको पछाडी रहेका छन् । गावस्करले वेस्ट इन्डिजविरुद्ध १३ शतक प्रहार गरेका छन् । कोहलीले १२ शतक बनाएका छन् । जबकि कालिसले पनि १२ शतक बनाएका छन् । डिभिलियर्सले ११ शतक प्रहार गरेका छन् ।

टिप्पणी लेख्नुहोस्