लेख विवरण

महिला विश्वकप फुटबल : अमेरिका र जापानको जित

महिला विश्वकप फुटबल : अमेरिका र जापानको जित

काठमाडौं । साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो ।

अमेरिकाको जितमा अमेरिकाका लागि सोफियो स्मिथले १४औँ र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गरिन । लिन्ड्सले होरानले ७७औँ मिनेटमा एक गोल थपिन ।

यसअघि अमेरिकाकी एलेक्स मोर्गन ४४औँ मिनेटमा पेनाल्टीमा चुकेकी थिइन । खेलभर अमेरिकाको दबाब झेलेको भियतनामको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै अमेरिकाले समूहमा तीन अङ्क बनाएको छ । भियतनामले हारबाट विश्वकपको सुरुवात गरेको छ ।

यस्तै जापानको जितमा हानाता मायाजावाको दुई गरिन । मिना तानाका, जुन एन्डो र रिको उकेईले एक एक गोल गरे । जितसँगै जापानले तीन अङ्क बनाएको छ । यस समूहमा स्पेन पनि समान तीन अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.