मेजर लिग क्रिकेटमा सिएटल ओर्कासले टेक्सास सुपर किंग्सलाई हरायो
काठमाडौंँ । मेजर लिग क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा सिएटल ओर्कासले टेक्सास सुपर किंग्सलाई पराजित गरेको छ । फाफ डु प्लेसिसको कप्तानीमा रहेको टेक्सास ८ विकेटले पराजित भएको हो । जारी सिजनमा टेक्सासको यो पहिलो हार हो । पहिले ब्याटिङ गरेको टेक्सासले निर्धारित २० ओभरमा १२७ रन बनाएको थियो । सिएटलले १२८ रनको लक्ष्य १६ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
जितपछि सिएटल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टोलीको ३ खेलबाट ६ अंक छ । जबकि टेक्सास अंक तालिकामा दोस्रो स्थानमा झरेको छ । टोलीको ४ खेलमा ४ अंक छ । बाँकी टिमको कुरा गर्दा वाशिङटन फ्रिडम अंक तालिकामा तेस्रो स्थानमा छ । वाशिङटनको ३ खेलबाट ४ अंक छ।
योसँगै सान फ्रान्सिस्को अंक तालिकाको चौथो स्थानमा छ । टोलीले अहिलेसम्म ३ खेल खेलेको छ जसमा २ जित र १ हार रहेको छ । यसरी सान फ्रान्सिस्को ४ अंकसहित चौथो स्थानमा छ । यसबाहेक केरोन पोलार्डको नेतृत्वमा रहेको एमआई न्यूयोर्क अंक तालिकाको पाँचौं स्थानमा छ । एमआईले अहिलेसम्म ३ खेल खेलेको छ जसमा १ जित र २ हार बेहोरेको छ । सुनिल नारायणको कप्तानीमा रहेको लस एन्जलस नाइट राइडर्स प्रतियोगिताको पहिलो जितको पर्खाइमा छ। लस एन्जलसले अहिलेसम्म ४ खेल खेलेको छ तर सबैमा हार बेहोरेको छ । योसँगै टोली अंक तालिकाको छैठौं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्