लेख विवरण

काजाकिस्तान र उज्वेकिस्तान विश्वकप सह-आयोजक बन्न इच्छुक

काजाकिस्तान र उज्वेकिस्तान विश्वकप सह-आयोजक बन्न इच्छुक

काठमाडौंँ । काजाकिस्तान फुटबल महासंघका अध्यक्ष एडलेट बर्मेनकुलोभले कजाकिस्तान र उज्वेकिस्तानले २०३४ फिफा विश्वकपको सहआयोजकका लागि संयुक्त प्रस्ताव पेश गर्न इच्छुक रहेको बताएका छन्। उज्बेक फुटबल न्यूज पोर्टल च्याम्पियन डट एसियाले शुक्रबार एक रिपोर्टमा यो जानकारी दिएको हो। किर्गिजस्तानमा भएको मध्य एसियाली टर्किक भाषा बोल्ने राज्य फुटबल महासंघका नेताहरूको बैठकमा बर्मेनकुलोभले उक्त प्रस्ताव गरेको च्याम्पियन डटले जनाएको छ।

च्याम्पियन डटले बर्मेनकुलोभलाई उद्धृत गर्दै काजाकिस्तान र उज्वेकिस्तानका फुटबल महासंघहरू बीचको मैत्रीपूर्ण सम्बन्ध हालका वर्षहरूमा नयाँ उचाइमा पुगेको जनाएको छ। यस अवधिमा राष्ट्रिय टोली र क्लबहरू बीच मैत्रीपूर्ण खेलहरू आयोजना भइरहेका छन्।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.