लेख विवरण

महिला विश्वकप : नाइजेरियाले क्यानडालाई बराबरीमा रोक्यो

महिला विश्वकप : नाइजेरियाले क्यानडालाई बराबरीमा रोक्यो

मेलबर्न। गोलकिपर चियाम्का एन्डोजीको उत्कृष्ट बचाउमा नाइजेरियाले शुक्रबार फिफा महिला विश्वकप २०२३ को आफ्नो उद्घाटन खेलमा क्यानडालाई शून्य गोलको बराबरीमा रोक्न सफल भएको छ। मेलबर्न रेक्टाङ्गुलर स्टेडियममा भएको खेलमा क्यानाडा अधिकांश समय नाइजेरियामाथी हावी भएको थियो । तर उनीहरुले गोलकिपर एन्डोजीको डिफेन्सलाई तोड्न सकेनन्।

एन्डोजीले ५०औं मिनेटमा नाइजेरियाका लागि महत्वपूर्ण पेनाल्टी बचाउदा क्यानडाकी कप्तान क्रिग्स्टेन सिन्क्लेयरलाई गोल गर्ने मौका गुमाइन । दोस्रो हाफमा नाइजेरियाका खेलाडी मुश्किलले क्यानाडाको गोलपोष्ट नजिक पुगेका थिए । तर उनीहरुले क्यानाडाली खेलाडीहरूलाई गोल दिएनन ।

बराबरीसँगै समूह बीका दुबै टोलीले एक एक अंक बाँडेका छन् । खेलमा नाइजेरियाकी मिडफिल्डर डेब्रा अबियोडोनले रातो कार्ड पाइन । उनले अब अष्ट्रेलियाविरुद्धको खेल गुमाउने छिन्। यसैबीच समूह ‘सी’ अन्तर्गत भएको खेलमा स्पेनले कोस्टारिकालाई ३–० ले हराएको छ । समूह ‘ए’ मा स्विट्जरल्याण्डले फिलिपिन्सलाई २–० ले हराएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.