लेख विवरण

सन साईन कप करातेको उपाधी योङ्ग हार्ट्सलाई

सन साईन कप करातेको उपाधी योङ्ग हार्ट्सलाई

काठमाडौंँ । सन साईन कप अन्तर विद्यालय वादोरियो कराते प्रतियोगिताको उपाधि योङ हार्ट्स स्कुल जोरपाटीले जितेको छ।

शनिबार सम्पन्न प्रतियोगितामा उपत्यका भित्रका १५ वटा विद्यालयका ३५० खेलाडीको सहभागिता रहेको थियो।

प्रथम हुन सफल योङ हार्ट्सले ११ स्वर्ण ५ रजत र ७ कास्य, दोस्रो हुन सफल मदर्स ईन्टरनेसनल स्कुलले ८ स्वर्ण ४ रजत र ३ कास्य र तेस्रो हुन सफल नव दिक्षित पाठशालाले ३ स्वर्ण ३ रजत र ४ कास्य पदक जित्न सफल भयो भने अनुशासित टिमको उपाधि मेन डोजो चक्रपथले जित्न सफल भयो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी पुरुष तर्फ योङ हार्ट्सका समीर लामा तथा महिलामा रन्जना चाम्लिङले जितिन।

उदयीमान खेलाडीको उपाधि ग्लोबल भिजनका रोशन लामा तथा एभरेस्ट स्कुलकी प्राथर्ना बज्राचार्यले जित्न सफल भईन।

प्रतियोगिताको उदघाट्न पुर्ब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए भने, समापन समारोहका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला रहेका थिए।

विजयी खेलाडी तथा टिमलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा वादोरियो करातेका प्रमुख प्रशिक्षक हरिशरण के सी, विद्यालयका प्रधानध्यापक बाबुराम गौतम वादोरियो कराते डो संघका उपाध्यक्ष यादबलाल श्रेष्ठ, महासचिव प्रतीक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, वरिष्ठ कराते प्रशिक्षक सुर्य राई, केन्द्रीय सदस्य लक्ष्मी रिजाल शर्मा लगायतका व्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.