लेख विवरण

पौडीमा नासिरले बनाए अर्को किर्तिमान

पौडीमा नासिरले बनाए अर्को किर्तिमान

काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले आइतबार चार सय मिटिर फ्रिस्टायलमा चार मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान बनाएको नेपाल पौडी सङ्घले जनाएको छ ।

यसअघि यस स्पर्धामा नासिरकै नाममा चार मिनेट १२.१७ सेकेन्ड समयको कीर्तिमान थियो । नासिरले सोमबार पुरुष दुई सय मटर फ्रिस्टायल र गौरिका सिंहले महिला एक सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपालबाट नासिर र गौरिकासँगै एलेक्जेन्डर गादेगाद शाह र डुवाना लामाले पनि भाग लिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.