लेख विवरण

इमर्जिङ एसिया कपको फाइनलमा भारतलाई ३ सय ५३ रनको लक्ष्य

इमर्जिङ एसिया कपको फाइनलमा भारतलाई ३ सय ५३ रनको लक्ष्य

काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कपको फाइनलमा पाकिस्तान ए ले भारत ए लाई ३ सय ५३ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ५२ रन बनायो । पाकिस्तानका लागि तय्यब ताहिरले सतकीय पारी खेले । ७१ बलको सामना गर्दै उनले १२ चौंका ४ छक्का प्रहार गर्दैं १ सय ८ रन बनाए । ओपनर साहिबजादा फरहानले अर्धसतकीय पारी खेल्दै ६२ बलमा ६५ रन बनाए । अर्का ओपनर साइम अयुबले पनि अर्धसतकीय पारी खेल्ने क्रममा ५९ रन बनाए । ओमेर युसुफ र कप्तान मोहम्मद हरिसले ३५–३५ रन बनाए । मेहरान मुमताजले १३ रन बनाउदा मोहम्मद वसीम १० रनमा अविजित रहे ।

भारतका लागि राजवर्धन हांगरगेकर र रियान परागले २–२ विकेट लिए । हर्षित राणा, मानव सुथार र निशान्त सिन्धुले १–१ विकेट लिए ।

३ सय ५३ रनको लक्ष्य पाएको भारतले अब ब्याटिङ गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.