लेख विवरण

एथलेटिक्स परिवार नेपालको बार्षिक कार्यक्रम सार्वजनिक

एथलेटिक्स परिवार नेपालको बार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौंँ । एथलेटिक्स परिवार नेपालले वि.सं २०८०/८१ को आफ्नो बार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार आगामी भाद्र महिनामा एथलेटिक्स परिवारले अन्तर नगरपालिका राष्ट्रिय सडक वा क्रस कन्ट्री दौड प्रतियोगिता काठमाडौं/ललितपुरमा आयोजना गर्ने रहेको छ । त्यस्तै अगामी मंसीर महिनामा गोल्डेन एथलेटिक्स च्याम्पियनशिप–२०२३ काठमाडौंमा आयोजना गर्ने तालिकामा उल्लेख गरेको छ ।

आइतवार सार्वजनिक गरिएको तालिकामा परिवारले अगामी माघ १३ गते काठमाडौंँ सिटी म्याराथन– २०२४ प्रतियोगिता आयोजना गर्नेछ । त्यस्तै चैत्रमा युथ एण्ड भेट्रान एथलेटिक्स च्याम्पियनशिप पोखरामा आयोजना गर्ने जनाएको छ । तालिका अनुसार परिवारले वि.सं २०८१ वैशाख–जेष्ठमा अन्तर कलेज राष्ट्रिय दौड प्रतियोगिता काठमाडौंमा आयोजना गर्नेछ ।

एथलेटिक्स परिवारले प्राविधिक लगायत विविध सहयोग प्रदान गर्ने प्रतियोगिताहरुको तालिका पनि सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार आगामी असोज महिना काठमाडौंमा एनआरएन ओपन फाइभ के रन प्रतियोगिता आयोजना गर्ने रहेको छ । त्यस्तै कार्तिक महिना सोलुखुम्बुमा सोलुखुम्बु खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने परिवारले तालिकामा उल्लेख गरेको छ । परिवारले हरिनगरा सुनसरीमा हरीनगरा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता अगामी मंसीर महिनामा हुनेछ । परिवारले नुवाकोटमा आठौं झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता अगामी माघ महिनामा आयोजना गर्ने जनाएको छ । सार्वजनिक तालिका अनुसार फाल्गुनमा धरान टेन के रन प्रतियोगिता धरानमा आयोजना हुनेछ । लगतै परिवारले फाल्गुनमै चितवनमा आई लभ चितवन एलटीके ट्रयाक एण्ड फिल्ड–२०२८ आयोजना गर्नेछ । र यस बर्षको अन्त्यमा अर्थात चैत्र महिनामा परिवारले काठमाडौंको दरबारमार्गमा पाचौं वीर गणेशमान सिंह टेन के रोड रेस आयोजना गर्ने जनाएको छ ।

त्यस्तै परिवारले अन्तराष्ट्रिय तर्फ अगामी भाद्र महिनामा भारतको कार्गिलमा आयोजना हुने छैठो शरद कार्गिल अन्तराष्ट्रिय म्याराथन–२०२३ प्रतियोगितामा सहभागिता जनाउने बताएको छ । साथै परिवारले माथि उल्लेखित कार्यक्रमहरुको मिती तथा प्रतियोगिता हेरफेर हुन सक्ने जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.