लेख विवरण

एसिसी इमर्जिङ एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

एसिसी इमर्जिङ एसिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ए र पाकिस्तान ए भिड्दै छन् । दुबै टोलीबीचको भिडन्त कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा पुगेको हो । रोमाञ्चक सेमिफाइनलमा भारतले बंगलादेशलाई ५१ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

यसअघि भारतले समूह चरणको खेलमा नेपाल, युएई र पाकिस्तानलाई पराजित गरेको थियो । भने पाकिस्तानले समूह चरणमा नेपाल र युएईलाई हराएपनि भारतसँग ८ विकेटले पराजित भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.