लेख विवरण

महिला विश्वकपमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कको जित

महिला विश्वकपमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कको जित

काठमाडौंँ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छ्न् । प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको जितमा साफिया स्मिथले दुई गोल गरिन् । कप्तान लिड्से होरानले एक गोल गरिन् ।

अर्को खेलमा इंग्ल्याण्डले हइटीलाई १–० ले पराजित गरेको छ । इंग्ल्याण्डका लागि २९औं मिनेटमा जर्जिया स्टेनवेले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो ।

शनिबार भएको अर्को खेलमा जापानले जम्बियामाथि ५–० शानदार जित निकालेको छ । जापानका लागि हिनाटा मियाजावाले दुई गोल गर्दा मिना टनाका, जान इन्डो र रिको युएकीले एकएक गोल गरिन् ।

अर्को खेलमा १६ वर्षपछि महिला विश्वकपमा फर्किएको डेनमार्कले चीनमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । डेनमार्कका लागि अनालिया भान्सगार्डले एकमात्र गोल गरेकी थिइन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.