लेख विवरण

भारतलाई हराउदै पाकिस्तानले जित्यो इमर्जिङ एसिया कपको उपाधि

भारतलाई हराउदै पाकिस्तानले जित्यो इमर्जिङ एसिया कपको उपाधि

काठमाडौंँ । एसिसी इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ए ले जितेको छ । फाइनलमा भारत ए लाई १ सय २८ रनले हराउदै पाकिस्तान ए ले उपाधि जितेको हो । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा पाकिस्तानले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोली ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भयो ।

पाकिस्तानको जितमा सुफियान मुकीमले सर्वाधिक ३ विकेट लिए । अरशद इकबाल, मोहम्मद वसीम र मेहरान मुमताजले २-२ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

भारतका लागि अभिषेक शर्मा (६१), यश धुल (३९), साई सुदर्शन (२९), रियान पराग (१४) र हर्षित राणाले (१३) रन बनाए । निकिन जोस र राजवर्धन हांगरगेकरले ११-११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय ५२ रन बनाएको थियो । टोलीका लागि तय्यब ताहिरले सतकीय पारी खेले । ७१ बलको सामना गर्दै उनले १२ चौंका ४ छक्का प्रहार गर्दैं १ सय ८ रन बनाए । ओपनर साहिबजादा फरहानले अर्धसतकीय पारी खेल्दै ६२ बलमा ६५ रन बनाए । अर्का ओपनर साइम अयुबले पनि अर्धसतकीय पारी खेल्ने क्रममा ५९ रन बनाए । ओमेर युसुफ र कप्तान मोहम्मद हरिसले ३५–३५ रन बनाए । मेहरान मुमताजले १३ रन बनाउदा मोहम्मद वसीम १० रनमा अविजित रहे ।

भारतका लागि राजवर्धन हांगरगेकर र रियान परागले २–२ विकेट लिए । हर्षित राणा, मानव सुथार र निशान्त सिन्धुले १–१ विकेट लिए ।

जुलाई १३ बाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले घरेलु टोली श्रीलंकालाई ६० रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई ५१ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

यसअघि भारतले समूह चरणको खेलमा नेपाल, युएई र पाकिस्तानलाई पराजित गरेको थियो । भने पाकिस्तानले समूह चरणमा नेपाल र युएईलाई हराएपनि भारतसँग ८ विकेटले पराजित भएको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.