लेख विवरण

चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले बनायो २१४ रन, अझै ६१ रनले पछाडि

चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले बनायो २१४ रन, अझै ६१ रनले पछाडि

काठमाडौंँ । एसेज सिरिजको चौथो टेष्टमा इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा जारी छ । दुई टोलीबीचको यो खेल म्यानचेस्टरको इमिरेट्स ओल्ड ट्राफोर्डमा खेलिदैछ । तेस्रो टेष्ट तीन विकेटले जितेर इंग्ल्याण्ड सिरिजमा २-१ ले पछाडि रहेको छ ।

चौथो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर २१४ रन बनाएको छ । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३१७ रन बनाएको थियो ।

जवाफमा इंग्ल्याण्डले आफ्नो पहिलो इनिङ्समा ५९२ रन बनाउदै खेलमा २ सय ७५ रनको अग्रता लिएको थियो । यस्तो अवस्थामा अस्ट्रेलियाको टोली इंग्ल्याण्डभन्दा ६१ रनले पछाडि रहेको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.