लेख विवरण

एनबिएल नेपालको प्रथम संस्करण हुँदै

एनबिएल नेपालको प्रथम संस्करण हुँदै

काठमाडौां । अक्टेभ दरबारमार्गमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा भएको छ ।

नेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङको उपस्थितिमा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने टिमहरुको घोषण भएको हो ।

प्रथम संस्करणमा कुल आठ टिम सहभागिहुने छन् । सहभागि टिमहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमि, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवनआर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन् ।

सम्पुर्ण सहभागि क्लबका प्रतिनिधिलाई समेत कार्यक्रममा सम्मान गर्दै लिगमा उत्कृष्ट प्रर्दशनको लागि नेपाल बास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनका प्रमुखकार्यकारी अधिकृत श्री शिशिर पछाई, डिजिफ्लाईका सिइओ श्री उकेश लोहनीले शुभकामना समेत दिएका थिए ।

नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइ को संंयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो । लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडि, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युव च्यानलमा प्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्त्पिुर टेलिभिजन नेटवर्कले गर्नछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.