लेख विवरण

एसियाली खेलकुदको टर्च ¥यालीमा दीपक सहभागी हुने

एसियाली खेलकुदको टर्च ¥यालीमा दीपक सहभागी हुने

काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको उद्घाटनअघि हुने टर्च ¥यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाइ कार्यक्रममा टर्च ¥यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।

‘१९ औं एसियाली खेलकुद पनि चीनमा आयोजना हुँदैछ । यसअघि १६ औं एसियाली खेलकुद पनि चीनमै आयोजना भएको थियो । १६ औं संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाएका थिए । सदस्य–सचिव घिसिङले भने– ‘१६ औं एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च ¥यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ ।’

टर्च ¥यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.