खेलकुद मन्त्रीद्धारा चार खेलको तयारी निरीक्षण
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न ४ खेलको निरीक्षण गरेका छन् । एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गरेका हुन् ।
चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ । सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसंग सम्बन्धित विविध पक्ष बारे जानकारी लिएका थिए । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदै छ ।

टिप्पणी लेख्नुहोस्